www.tandavnews.com
Fact ~ In search of truth

बेगनास किनारमा जेठ १३ देखि फिस फेष्टिवल

पोखरा,
ताण्डव न्यूज ।

स्थानिय जातका माछा संरक्षण गर्ने उद्धेश्य सहित बेगनास किनारमा फिस फेष्टिवल हुने भएको छ ।

बेगनास किनारमा आयोजना हुने माछा महोत्सव तथा कृषि व्यापार मेला जेठ १३ गतेदेखि २० गते सम्म चल्ने छ । होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ र जिल्ला मत्स्य व्यवसायी समितीको आयोजनामा महोत्सव आयोजना हुने भएको हो । महोत्सवमा विभिन्न जातका माछाका परिकार मुख्य आर्कषणमा रहनेछ । माछाका परिकारसँगै स्थानीय कला संस्कृति, कृषि उत्पादन समेत प्रदर्शन गरिनेछ ।

Batas

महोत्सवमा व्यवसायीक माछा पाल्नेका लागि जानकारी मुलक स्टल राखिने आयोजकले जनाएको छ । देशकै पर्यटकीय शहर पोखरामा आउने पर्यटक मध्ये २० प्रतिशत पर्यटक मात्र बेगनास पुग्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

फेवातालसम्म पुग्ने पर्यटक बेगनास सम्म नपुग्नाले बेगनास ताल ओझेलमा परेको छ । यसको प्रचार प्रसार पनि हुन सकिरहेको छैनन् । फिस फेस्टिवलले बेगनास ताल प्रर्वद्धनमा सहयोग पुर्याउने प्रचारप्रसार उपसमिति संयोजक दामोदरभक्त थापाले बताए ।

महोत्सव सम्पन्न गर्न २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ भने २८ लाख आम्दानी हुने विश्वास आयोजकले राखेको छ । महोत्सवबाट बचत हुने रकम बेगनास ताल संरक्षण र सामाजिक कार्यमा खर्च गरिने होटल तथा रेष्टुरेण्ट एशोशियसन लेखनाथका पूर्व अध्यक्ष दुर्गा अधिकारीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.