www.tandavnews.com
Fact ~ In search of truth

बेगनास र मुस्ताङमा २ पुरुष मृत भेटिए

पोखरा,
ताण्डव न्यूज ।
पोखरा ममहानगरपालिका –३१ बेगनासतालमा एक व्यक्ति मृत भेटिएका छन् ।

बेगनास डुंगाघाट मृत भेटिएका अन्दाजी ४०/ ४२ वर्षको जस्तो देखिने एक पुरुष मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । मृत फेला परेका व्यक्तिको नाम,थर खुल्न नसकेको प्रहरीले जनाएको छ ।

यसैबीच मुस्ताङमा पनि एक व्यक्ति मृत फेला परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –४ ताक्लिङमा मृत भेटिएका उनको पनि नाम,थर खुल्न सकेको छैन। मृत व्यक्ति ३५ /४० वर्षको देखिन प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । दुवै घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर:गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.