www.tandavnews.com
Fact ~ In search of truth

बेनीमा मध्यरातमा बाढी, दुई बालिका बेपत्ता, पाँच घर बगायो

म्याग्दी।

मध्यरातमा भीषण बर्षापछि आएको बाढीले खोलाको धार परिबर्तन गरेर गाउँ पस्दाँ दुई बालिका बेपत्ता भएका छन् ।

म्याग्दीको बेनीमा बाढीले घर बगाउँदा १० बर्षिया शर्मिला परियार र ६ बर्षिया अनिस्का परियार बेपत्ता भएका हुन्।शनिवार राति स्थानीय कोटखोलामा आएको बाढीले बेनी नगरपालिका–२ बगरफाँटका पाँच घर बगाएको छ।

Batas

मध्यराति बाढी आउँदा स्थानीयको भागाभाग भएको थियो।बाढीले घर बगाउँदा ६ र १० वर्षका दुई बालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी बेनीले जनाएको छ ।बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीमा पनि क्षति पुगेको जनाइएको छ ।बाढीमा बेपत्ता दुई बालिकाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन्।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.