www.tandavnews.com
Fact ~ In search of truth

बेल्जियममा शम्भुको ‘नुमा इंक टाटु स्टुडियो’ (फोटो फिचर)

बेल्जियम
ताण्डव न्यूज ।

बेल्जियममा नुमा इंक टाटु स्टुडियो संचालनमा आएको छ । आन्त्वेर्पेन शहरमा नेपाली टाटु आर्टिस्ट शम्भु लिम्बुले आफ्नै स्टुडियो संचालनमा ल्याएका हुन् ।

Batas

३ वर्षअघिदेखि बेल्जियममा रहेर संघर्ष गर्दै आएका लिम्बुले बेल्जियम सरकारबाट इजाजतप्राप्त पहिलो व्यवसायीक नेपाली आर्टिस्ट आफु भएको दाबी गरे । ‘दर्जनौँ नेपाली व्यवसायी रहेको बेल्जियममा नेपालीले गर्दै आइरहेको अन्य व्यवसायभन्दा फरक विधामा केही गरौँ भन्ने हेतुले स्टुडियो संचालनमा ल्याएको हुँ । बेल्जियम सरकारबाट मान्यताप्राप्त इजाजत पाउने पहिलो र एक्लो व्यवसायीक नेपाली आर्टिस्ट पनि म नै हुँ’ उनले भने ।

पोखरामै सन् २०११ देखि टाटु स्टुडियो संचालनको अनुभव रहेका लिम्बुले नेपालीको बसोबास रहेको शहरको प्रख्यात ऐतिहासीक स्थल ग्रुनप्लाट्समा सुरु भएको टाटु स्टुडियो सफल हुनेमा आशावादी सुनिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.