www.tandavnews.com
Fact ~ In search of truth

‘बैंकिङ सेक्टरमै लाग्छु भन्नेहरुकालागि बिबिए-बिआई फेन्टास्टिक विषय हो’

बिबिए कोर्सबारे लगभग सबै विद्यार्थी जानकार छन् । तर बिबिएमा बैंकिङ इन्स्योरेन्स(बि.आई) कोर्स छ भन्ने अधिकांशलाई थाहै छैन् ।

बिबिए बिआई कोर्स पोखरा विश्व विद्यालयले सन् २००९मा सुरु गर्यो। हामीले २००९ देखि नै बिआइ कोर्स चलायौँ ।इन्टरनेश्नल्ली रिकग्नाइज्ड कोर्स हो यो ।

बिबिए विशुद्ध बिजनेस् एडमिनिस्ट्रेटिभ कोर्स हो भने बिबिए इन बैंकिङ इन्स्योरेन्स(बिआइ)मा बैंकिङ र इन्स्योरेन्सको फ्लेभर हुन्छ । यसले विद्यार्थी भोली मार्केटमा जाँदा बैंकिङ र इन्स्योरेन्सको दुवै ज्ञान हुने भयो ।‘बैंकिङ सेक्टरमै लाग्छु है’ भन्नेहरुलाई बिबिए बिआई ‘फेन्टास्टिक’ विषय हो ।

नेपालमा लाइफ वा ननलाइफ इन्स्योरेन्स कम्पनीहरु बढ्दै छन् ।सरकारले पनि गाउँगाउँमा इन्स्योरेन्स पोलिसि लाने बताइरहँदा त्यसलाई सार्थकता दिनको लागि पनि अब बिआइ बारे विद्यार्थीले बुझ्नु अनिवार्य छ ।

बिबिएका विद्यार्थीले जब खोज्दै हिँड्नु परेको अवस्थामा बिआइ पढेका विद्यार्थी खालि नै छैनन् । विभिन्न बैंकका सरहरुले पनि खोज्नुहुन्छ । ‘तपाईकोमा भएका विद्यार्थीहरु छन् भने रिफर गरिदिनुस् न’, भन्नुहुन्छ । तर हामीसँग पास आउट भएका विद्यार्थी खाली नै छैनन् । जनशक्ति नै अभाव छ ।

अहिलेसम्म जति विद्यार्थी बिआई पढ्न आउनु भएको छ, उहाँका अभिभावक बैंकसँग सम्बन्धित रहेको पाइयो । ६० प्रतिशत त्यसरी आएका छन् । बाँकीलाई हामीले काउन्सेलिङ गरेपछि अध्ययनका लागि तयार हुनुभएको छ । अहिले हाम्रो कलेजमा बिबिए बिआईको कोटा ४८ जनाको हो । केही सिट खाली छन् ।

विद्यार्थी प्लस टू सक्दै गर्दा कलेजले, त्यहाँका शिक्षकले, हामीलाई बोलाउनुभयो भने हामीले ‘अवेर’ गरिदिन्थ्यौँ, जानकारी दिन्थ्यौँ । त्यसो भएको पाइदैँन । गुड गाइडेन्स र स्कुलिङको आवश्यकता छ ।

बैंकिङ क्षेत्रको कुरा जोड्दा, बिबिए पढेका कतिलाई कारोबारबारे थाहै हुँदैन । इन्टरभ्युहरुमा यस्ता घटना प्रशस्तै देखिन्छन् । त्यही कारण बिबिए अध्ययन गर्नेहरु ट्रेनीको रुपमा जान पर्यो । तर, बिआइ पढेकाहरुले थेउरिटिकल्ली सबै पढिसक्या हुन्छन् । प्राक्टिकलमा उतार्ने मात्रै हो ।

अर्को कुरा, छोराछोरीको अध्ययनको विषयमा अभिभावक पनि सिरियस हुनुपर्ने देखेको छु । अभिभावक आफ्नो बच्चाबच्चीप्रति सिरियस नभएको देखिएको छ । जे पढेपनि ‘हुन्छ’ भनिदिएपछि भर्ना गरिदिने ।

विद्यार्थीहरु साथीहरुको लहैलहैमा लागेर कलेज भर्ना भइदिन्छन् । यसरी पूर्ण रुपमा जानकार नभई विषय रोज्दा जनशक्तिको अभाव त पक्कै हुने नै भयो, पढेर पनि बेरोजगार बस्नुपरेको जमात पनि उत्तिकै बढ्नेछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.