www.tandavnews.com
Fact ~ In search of truth

बोलबम : सेती किनारदेखी मन्दिरसम्म (फोटो फिचर)

पोखरा
ताण्डव न्युज ।

साउन सुरु भएसँगै सोमबारको पनि त्यतिकै महत्व छ । यो महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरे बराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहेको पाईन्छ । धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ ।

हिन्दु धर्मावलम्बीहरुले विशेषगरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्तगरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्व दिने गर्दछन । यो महिनामा व्रत बसि शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । महिनाको अरू दिन नसके पनि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता समेत रहेको छ ।

Batas

पाखरा महानगरपालिका १ बगरमा रहेको गाईघाटमा बोलबम यात्रीहरू बिहानै गई सेती गंगाको जलले स्नान गरी सुर्य भगवानलाई जल चढाउने प्रचलन रहेको छ ।

साथै उक्त जल, बेलपत्र तथा दुध बैदाम स्थित केदारेश्वर मन्दिरमा रहेको १ सय ८ शिवलिङ्गमा चढाउने गर्दछन् ।

तस्बिर : सुशान्त गाहा मगर/ताण्डव न्युज

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.