www.tandavnews.com
Fact ~ In search of truth

ब्याटल ग्राउण्डमा पोखरा पल्टन : बिराटनगर टाइटन्सलाई १९८ को टार्गेट

पोखरा
ताण्डव न्यूज ।

पोखरामा आजदेखि सुरु भएको टि ट्वान्टी क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिगको पहिलो इनिङ सकिएको छ । टस हारेर ब्याटीङ पाएको पोखरा पल्टनले सबै ओभर खेलेर ३ विकेट गुमाउँदै १९७ रन जोडेको छ ।

जितका लागि बिराटनगरले १९८ रन बनाउनु पर्नेछ । बिराटनगरका मार्कि प्लेयर सन्दिप लामिछानेले २ र साहब आलमले १ विकेट लिए ।
पोखरा पल्टनका लागि कुशल भुर्तेलले २६ बलमा ३८ रन बनाए भने आशिफ शेखले ५४ बलमा ५२ रन बनाए ।

Batas

रवि इन्दर सिंले २७ बल खेल्दै ४ छक्का र २ चौकाको मद्धतमा ४४ रन बनाए । बिनोद भण्डारीले ११ बलमा ५ छक्का र २ चौका हान्दै ४१ रन जोडे भने सरद भेस्वाकरले ४ बलमा ७ रन जोड्दै नट आउन खेले ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.