www.tandavnews.com
Fact ~ In search of truth

ब्लड क्यान्सर पिडित बालक प्रशान्तलाई सहयोगको खाँचो

लमजुङ ।

रक्त अर्बुद(क्यान्सर) रोगबाट पीडित लमजुङका बालकको उपचारका लागि सहयोगको आग्रह गरिएको छ ।

बेँसीशहर नगरपालिका–३ गाउँशहर थुम्काडाँडाका पाँच वर्षीय प्रशान्त मजाकोटीको उपचारका लागि बेँसीशहरमा पत्रकार सम्मेलन गरी सहयोगको आग्रह गरिएको हो ।

Batas

मजाकोटी गत वैशाखबाट रक्त क्यान्सरको बिरामी भई काठमाडौँको कान्ति बाल अस्पतालमा उपचाररत छन् । बिरामी बालकका ठूलोबाबा अजय मजाकोटीले उपचारमा ठूलो धनराशि खर्च हुने देखिएपछि औपचारिक रुपमै आफन्तजन र शुभेच्छुकसँग सहयोग जुटाउन थालिएको बताए ।

“मध्यम खालको पारिवारिक आर्थिक अवस्था छ । हालसम्म उपचार गर्न १० लाख रुपैँया खर्च भइसक्यो ।” उनले भने, “सबैको साथ र सहयोगबाट छोराको उपचार गर्न सकिन्छ भन्ने विश्वासका साथ उपचारमा सहयोग गर्न आग्रह गरेका हौँ ।” पारिवारीक सहयोगमा मात्रै उपचार गर्न नसक्ने अवस्था रहेकाले सञ्चारमाध्यम मार्फत सहयोगको आग्रह गर्नुपरेको उनले बताए।

उपचार खर्च जुटाउन स्थानीय जनज्योति युवा क्लबले आइतबार हिजो बेँसीशहर बजारमा घरदैलो कार्यक्रम गरेको थियो । तिहारमा गाउँमा देउसीभैलो खेल्ने र भाइटीकाको भोलिपल्ट क्लबको सातौँ साधारणसभा एवं दशौँ सांस्कृतिक कार्यक्रममा जुटेको रकम पनि उनकै उपचारका लागि उपलब्ध गराइने क्लबका अध्यक्ष सञ्जय दुलालले जानकारी दिए ।

काठमाडौँमा कोठा भाडामा लिएर बिरामी छोराको उपचार गर्दै आएका आमा प्रमिला मजाकोटीले बताए । श्रीमान् कतारमा काम गर्नुहुन्छ जेनतेन अहिलेसम्म उपचार खर्च धान्दै आएको उनले बताए । हिमालयन बैंक लिमिटेडमा रहेको प्रमिला मजाकोटी नामको ००२०७५८५७८००१८ नम्बरको खातामा सहयोग रकम जम्मा गराइदिन उनले सहयोगी मनमा आग्रह गरेका छन ।

बालकको उपचारको लागि गाउँशहरकै पूर्ण देउजाले मकाउबाट एक लाख आठ हजार रुपैँया, इञ्जिनीयर राजेन्द्रमान श्रेष्ठले काठमाडौँबाट ५३ हजार, मनबहादुर मजाकोटीले कतारबाट ५० हजार, राजन मजाकोटीले कुवेतबाट २० हजार र सङ्गीता बानियाँले क्यानडाबाट १० हजार गरी दुई लाख ४१ हजार रुपैँया सहयोग जुटिसकेको बताइएको छ ।    रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.