www.tandavnews.com
Fact ~ In search of truth

ब्लेडले ब्याग काटेर कास्की मालपोतबाट एक लाख चोरी

पोखरा
ताण्डव न्यूज ।

मालपोत कार्यालय कास्कीमा चोरी भएको छ । माघ २१ गते दिउसो साढे ३ बज्दै गर्दा पोखरा ११ काहुँका रामेश्वर आचार्यको १ लाख ३३ हजार रुपैयाँ दुई ब्यक्तिले चोरेका हुन् ।

कार्यालयको सिसिटिभिमा रेकर्ड भएको भिडियो अनुसार दिउसो ३ बजेर १६ मिनेट जाँदा २ ब्यक्ति मालपोत कार्यालयको गेट भित्र छिर्छन् ।चोर्ने योजना बनाएका ति २ चोर मालपोत भवन नं ४मा अंशवण्डाको लागी तिरो तिर्न पुगेका रामेश्वर आचार्यको आडमा उभिन्छन् । र, आडमा रहँदा रहँदै ब्लेडले ब्याग काटेर पैसा बोकेर उनिहरु फरार हुन्छन् ।

Batas

नगद चोरी भएपछि पीडित आचार्यले मालपोत कार्यालयलाई पनि जानकारी गराएका छन् भने प्रहरीमा उजुरी पनि दिएका छन् । चोरीमा संलग्नहरुको खोजी कार्य भइरहेको कास्की प्रहरीले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.