www.tandavnews.com
Fact ~ In search of truth

भण्डरढिकमा आर्दश महोत्सव

पोखरा,
ताण्डव न्यूज ।

आदर्श युवा क्लबको आयोजनामा कार्तिक ३० देखि मंसिर ९ गतेसम्म आदर्श महोत्सव–०७५ हुने भएको छ । लेखनाथको भण्डारढिक मैदानमा हुने महोत्सवको शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

महोत्सवमा झाँकी प्रर्दशनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, चर्चित राष्ट्रिय स्तरका लोकदोहोरी कलाकारहरुको बेजोड प्रस्तुती रहने क्लबका अध्यक्ष लक्ष्य भण्डारीले बताए ।

Batas

‘महोत्सवमा २६८ स्टलहरु रहनेछन्’ उनले भने, ‘आन्तरिक पर्यटनको प्रर्वधन तथा स्थान पहिचान गराउने यस महोत्सवको मुख्य उद्देश्य रहेको छ ।’

महोत्सवमा राष्ट्रिय स्तरको लोक दोहोरी कलाकारहरुको प्रस्तुति, अस्ट्रीच चराको अवलोकन, उँट सवार तथा धराहरा साथै विविध कार्यक्रमहरु मेलाका मुख्य आकर्षक रहने क्लबका सचिव पदम गुरुङले जानकारी दिए ।

मेलामा बेलुका ५ बजेसम्म प्रवेश शुल्क ५० र विद्यार्थीलाई रु ४० रहनेछ भने साँझ ५ बजेदेखि रु १ सयको टिकट दर लाग्ने आयोजकले जानकारी दिए ।

करिब १ लाख दर्शकले अवलोकन गर्न लक्ष्य राखेको मेलाले अनुमानित लागत ६८ लाख लाग्ने आयोजकले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.