www.tandavnews.com
Fact ~ In search of truth

भदौ १३ र १४ गते प्रदेश स्तरीय महिला, पुरुष कराते प्रतियोगिता हुँदै

पोखरा,

ताण्डव न्यूज ।

 

नेपाल क्योकुसिन कान कराँते सँघ कास्कीको आयोजनमा ‘दोस्रो गण्डकी प्रदेश स्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता’ हुने भएको छ ।

Batas

हिन्दुनारीको महान पर्व तिजको अवसर पारी यहि भदौ १३ र १४ गते पोखरा रंगशालामा संञ्चालन ह्ुने प्रतियोगिताको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

दुई दिनसम्म चल्ने उक्त प्रतियोगितामा महिला पुरुष गरेर २ सय खेलाडी सहभागी रहने प्रतियोगिताका संयोजक दिपकबहादुर गोदारले बताए ।

उनका अनुसार पुरुष तर्फ क्रमशः २५, ३०, ३५, ४०, ४५, ५०, ५५ केजी तौल समूह र खुल्ला समूहका बीच प्रतिष्प्रधा हुुनेछन् । यस्तै महिला तर्फ ४० केजी, ४५ केजी मु्नी तौल समूह र खुल्ला तौल समूहकका खेलाडी बीच प्रतिष्पधा गराइने संयोजक गोदारले जानकारी दिए ।

प्रतियोगितामा प्रत्येक तौल समूहको पहिलो, दोस्रो र तेस्रो खेलाडीलाई शिल्ड मेडल र प्रमाणपत्रले सम्मान गरिनेछ । १–१ जनालाई उत्कृष्ट खेलाडी समेत घोषणा गरिदने आयोजकले जनाकारी दिए ।

प्रतियोगितामा कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, तनहुँ, स्याङ्जा र गोर्खा लगायत जिल्लाका खेलाडीहरु सहभाागी हुनेछन् । स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्नका लागि संघले प्रत्येक बर्ष यस्ता प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.