www.tandavnews.com
Fact ~ In search of truth

भलाम खोलामा पक्की पुल

 

पोखरा ।

पोखरा महानगर वडा नम्बर २० को मणिपाल फुलवारी र भलाम जोड्ने पक्की पुलको उद्घाटन सम्पन्न भएको छ ।

पोखरा २० को मणिपाल र भलाम जोड्ने पक्की पुलको शनिवार गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे ।पुलको उद्घाटन गर्दै मन्त्री बस्नेतले महानगरमध्ये विकासमा पछि परेको २० नम्बर वडामा पुल निर्माण संगै विकासको शुरुवात भएको वताए ।

बस्नेतले २० नम्बर वडामा पक्की पुलबाट विकासको काम शुरु भएको वताउदै यो वर्ष प्रदेश सरकारको गौरवको योजना अन्तर्गत पोखरा महानगरको मणिपाल फुलवारी ११ नम्बर वडा हुदै २० नम्बर वडाको भलाम, चण्डी देउराली, हरिहर गुफा, डाडागाउ हुदै वडा नम्बर १६ को अर्मला सम्म जोड्ने पक्की सडक निर्माणको योजना समेत अगाडी अढेको वताए ।

उक्त योजना सफल वनाउन वडाबासी जनताले सरकारलाई साथ दिन समेत उनले आग्रह गरे ।कार्यक्रममा वोल्दै गण्डकी प्रदेशका सांसद बिन्दु थापाले भलामको पुलबाट पोखरा महानगर वडा नम्बर २० मा विकासको सुरुवात भएको वताउदै विकासको काममा कोही कसैले वाधा गर्न नहुने वताउदै आफ्नो निर्वाचन क्षेत्र भएकाले पनि वडा नम्बर २० मा विकासको काममा हरदम साथ रहने वताए ।

अर्का प्रदेश सांसद प्रभा कोइरालाले भलाममा निर्माण सम्पन्न भएको पक्की पुलले भलाम र मणिपाल फुलबारी जोड्ने मात्र नभइ भलाम आसपासका ग्रामीण भेगमा उत्पादन भएका कृषीजन्य बस्तुहरुलाई बजार सम्म सजिलैसंग ल्याउनका लागी महत्वपूर्ण भुमिका खेल्ने वताइन ।

सो अवसरमा वोल्दै भलाम पुल निर्माण उपभोक्ता समितीका अध्यक्ष अर्जुन खत्रीले विभिन्न बाधा ब्यवधानका बीच आफुहरुले आटेको योजना सम्पन्न गर्न पाउदा निकै खुसी लागेको वताए ।

वडा नम्बर २० का वडा सदस्य भीम प्रसाद बास्तोलाले स्वागत तथा निर्माण सम्पन्न प्रतिवेदन पेश गरेको कार्यक्रममा जिल्ला समन्वय समिती कास्कीको जिल्ला प्राबिधीक इन्जीनियर नारायण वराल र नेकपा कार्यदल कास्कीका सदस्य शुसिल बस्नेतले वोलेका थिए ।

१ करोड ९२ लाख ६८ हजार ९ सय ४७ को कुल लागतमा निर्माण सम्पन्न पुल निर्माणमा सरकारबाट १ करोड ७३ लाख ४२ हजार ५२ र स्थानिय जनसहभागीतबाट १९ लाख २६ हजार ८ सय ९४ को लागतमा निर्माण सम्पन्न पुलबाट पोखरा ११ को फुलवारी मणिपाल, भलाम मौजा, र बाटुलेचौर १६ सम्मका स्थानियहरु लाभान्वित हुने वडा नम्बर २० का वडा अध्यक्ष सीम गुरुङले वताए ।

वडा नम्बर २० का स्थानिय नेत्र बहादुर बस्नेत र अर्जुन बहादुर बस्नेतको अध्यक्षतामा पुल निर्माण समिती गठन गरी २०७४ फागुन ३ देखी निर्माण सुरु भएको पुल २०७५ मंसिर २२ गते उद्घाटन सम्पन्न भएको हो ।

शनिवार सम्पन्न कार्यक्रममा पुलका लागी जग्गा प्रदान गर्ने स्थानियहरु धन बहादुर केसी, माधव केसी, लेख वहादुर खत्री र वलराम थापालाई दोसल्ला ओढाई सम्मान पत्र सहित सम्मान गरिएको थियोभने पुल निर्माणमा सहयोग गर्ने समितीका सदस्य तथा सहयोगीहरुलाई समेत सम्मान गरिएको थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.