www.tandavnews.com
Fact ~ In search of truth

भालुको पित्तसहित ४ जना पक्राउ

पोखरा
ताण्डव न्यूज
केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले भालुको पित्तसहित ४ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा वन्यजन्तुको आखेटोपहार किनवेच तथा ओसारपसार गरेको आरोपमा काठमाडौ महानगरपालिका–७ चावहिल गोपीकृष्ण नगरबाट उनीहरुलाई पक्राउ गरेको हो ।

अवैध रुपमा संरक्षित भालुको एक थान पित्त सहित सोलुखुम्बु दुधकोशीका २५ वर्षीय रमित घतानी, ३० वर्षीय सागर तामाङ, २२ वर्षीय सन्त घातानी, २८ वर्षीय मिङमार तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि आज (आइतबार) डिभिजन बन कार्यालय काठमाण्डौमा बुझाइएको सिआईबीले जनाएको छ ।

Batas

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.