www.tandavnews.com
Fact ~ In search of truth

भिरबाट खस्दा हेम्जाका बासुदेव घाईते

पोखरा /  ताण्डव न्यूज ।

पोखराको हेम्जामा भिरबाट खस्दा एक घाईते भएका छन् ।

पोखरा महानगरपालिका –२५ हेम्जाका ४५ वर्षीय बासुदेव गिरी भिरबाट १ सय मिटर तल खस्दा घाईते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाइते गिरीले मादक पदार्थ सेवन गरि हिडेका बेला घर नजिकैको भिरबाट खसेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले बताए ।

उनको अहिले फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घटना सम्बन्धि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्बिर : गुगलबाट

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.