www.tandavnews.com
Fact ~ In search of truth

भिसा च्यातिएपछि पर्यटन मन्त्री अधिकारीको बेलायत भ्रमण रद्ध

काठमाडौं ः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको बेलायत भ्रमण रद्द भएको छ। भारतीय दूतावासले उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि मन्त्री अधिकारीले शनिबार गर्न लागेको भ्रमण रद्द भएको हो।

बेलायतले नेपालीका लागि भारतस्थित दूतावासबाट भिसा दिने गरेको छ। नोभेम्बर ५ देखि ७ तारिख सम्म लण्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालको तर्फवाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीको भिसामा भीएफएस ग्लोवल नेपालले च्यातिएको भिसामा क्रस गरिएको राहादानी दिएपछि मन्त्री अधिकारीको भ्रमण रद्द भएको हो।

भिसा लागेको राहदानी लापरवाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य धुव्र पोखरेलले जानकारी दिए। उनका अनुसार एक पटक टासिएको भिसा पुन निकाली दोहोर्‍याएर टाँस्न खोज्दा च्यातिएको देखिन्छ। भिसा च्यातिएको र भिषा रातो रङको मसीले क्रस गरिएको छ । राहादानीको पृष्ठ नम्बर १४मा सन् २०१९को मे १ सम्मकालागि मल्टिपल भिसामा ‘सी भिजिट’ लेखिएको छ ।

Batas

भिसा प्रकृयामा वेलायती दूतावासको या भीएफएस ग्लोबल नेपालको लापरवाहीका कारण भिसा रद्द भएको हो भन्ने विषयमा अहिले नै कही भन्न नसकिने बताइएको छ । एजेन्स्ी ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.