www.tandavnews.com
Fact ~ In search of truth

भीरबाट लडेर महिलाको मृत्यु

 

 

गलकोट ।

बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–३ हिले निवासी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । शनिबार स्थानीय हिलेको भीरमा घाँस काट्न गएकी ३१ वर्षीया उजेली रसाइलीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Batas

रसाइली घाँस काट्ने क्रममा भीरबाट चिप्लिएर करीब १०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मृतकको शवलाई परीक्षणका लागि बुर्तिवाङ स्वास्थ्य केन्द्रमा ल्याइएको र आइतबार शव परीक्षणपछि परिवारलाई शव बुझाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.