कावासोती ।
नवलपरासीको बुलिङटार गाउँपालिका–६ हडाहाकी ६० वर्षीया मङ्गली कुमालको भीरबाट लडेर मृत्यु भएको छ । घाँस काट्ने क्रममा भीरबाट खसेर हिजो मङ्गलबार साँझ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए।
यसैबीच जिल्लामा गएराति छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाइते भएका छन् । देवचुली नगरपालिका–२ दुम्कौलीमा ना६ख ५२१७ नं को ट्रकमा लु१ह ८४० नं को अटोरिक्सा ठोक्किँदा अटोरिक्सा चालक मोरड मङ्गलबारेका ४३ वर्षीय छविलाल सुवेदी र उनकी श्रीमती ३४ वर्षीया गीता घाइते भएकि छिन् । दुवै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यस्तै गैँडाकोट नगरपालिका–९ थुम्सिमा ना१क २२६ नं को ट्रकमा ना२३प १७३ नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक गैँडाकोट नगरपालिका–१० भैँसाखोरीका ४० वर्षीय होमनाथ कँडेल घाइते भएका छन् । उनको एलाइभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लामिछानेले जानकारी दिए । रासस
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.