www.tandavnews.com
Fact ~ In search of truth

भोजपुरमा अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

भोजपुर

भोजपुर नगरपालिका–१२ र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्याङ जोड्ने पक्की पुल निर्माणस्थलमा राखिएको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । पुल निर्माणको जिम्मा लिएको मार्सेली निर्माण सेवाले निर्माणस्थलमा राखेको उक्त एक्जाभेटरमा पेट्रोल छर्केर आगजनी गरिएकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही स्थानमा शंकास्पद वस्तु पनि फेला पारेकाले निगरानी भइरहेको र नेपाली सेनाको विज्ञ टोली आएपछि त्यसलाई डिस्पोज गरिने प्रहरीले जनाएको छ । सो स्थानको पिखुला खोलामा प्रदेश सरकारको छ करोड ५३ लाखको लागतमा करीब एक हप्ता अगाडि पुल निर्माण शुरु गरिएको थियो । अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Batas

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.