www.tandavnews.com
Fact ~ In search of truth

चिर्पटले हानेर छिमेकी मारे मानबहादुरले

भोजपुर ।

छिमेकीको दाउराको चिर्पट प्रहारबाट षडानन्द नगरपालिका–५ आँपटारेका एक युवकको मृत्यु भएको छ ।

पुरानो रिसइबीका कारण स्थानीयवासी पञ्चबहादुर भनिने २७ वर्षीय मानबहादुर मगरले छिमेकी २६ वर्षीय सुरेश राईलाई चिर्पटले टाउकामा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Batas

ढिलो गरी प्राप्त समाचारअनुसार चिर्पट प्रहारबाट गम्भीर घाइते राईको सङ्खुवासभा तुमलिङटारको मनकामना अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटामा मृत्यु भएको प्रहरीको भनाइ छ । अभियुक्त मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.