www.tandavnews.com
Fact ~ In search of truth

भोलीदेखि फेवाताल किनारमा विच भलिबल प्रतियोगिता

पोखरा ।

जिल्ला भलिबल सङ्घको आयोजनामा पोखरामा हुने पुरुष तथा महिला राष्ट्रिय विच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

यही असार ५ देखि ७ गतेसम्म फेवाताल किनारमा रहेको विच भलिबल कोर्टमा विच भलिबलको छैटौँ महिला तथा सातौँ राष्ट्रिय प्रतियोगिता हुँदैछ ।बालुवा थपेर मैदानको स्तरोन्नति गरी सहजरूपमा खेल्न मिल्ने बनाइएको तथा खेलाडीहरु पोखरा आउने क्रम शुरु भएको सङ्घका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र तथा नेपाली सेनाको गरी तीन विभागीय तथा सात प्रदेशका एक÷एक टिमबाट पुरुष तथा महिलाको छुट्टाछुट्टै दुई÷दुई टिम गरी कुल ४० टिमले प्रतिष्पर्धा गर्ने पराजुलीले जानकारी दिए ।

विजेता महिला तथा पुरुष टोलीले समान नगद ३०÷३० हजार प्राप्त गर्ने छन् । द्वितीय हुनेले २०÷२० हजार तथा तेस्रो हुने टोलीले १०÷१० हजार प्राप्त गर्नेछन् ।उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीलाई पनि नगद ३÷३ हजारबाट पुरस्कृत गरिने बताइएको छ ।

तीन दिनसम्म आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न २२ लाख ५० हजार खर्च लाग्ने आयोजकले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.