www.tandavnews.com
Fact ~ In search of truth

भोली पोखरामा आरकेको प्रोमोशनल कन्सर्ट

पोखरा

नेपालीहरुको महान पर्व विजयादशमीको अवसर पारी कालरात्रीका दिन पोखराको बाझपाटनमा १५ औ कालरात्री म्युजिकल फेस्टिबल हुने भएको छ ।

यहि असोज ३१ गते बुधबार अर्थात भोली  आयोजित कार्यक्रममा पोखराबाटै स्थापना भई सँगीतकर्म गरिरहेको आरके स्क्वायर ब्याण्डले प्रस्तुती गर्ने भएको छ । आरके सहित ‘द ऐज’ले पनि कार्यक्रममा आफ्नो प्रस्तुति राख्ने छ ।

Batas

कार्यक्रम बाटनै ब्याण्डको नयाँ एल्बम ‘सुनसरी’ सार्वजनिक गरिने ब्याण्डका भोकलिष्ट राज क्षेत्रीले बताएका छन् । उनका अनुसार आरके ब्याण्डले यसअघि आफ्नो प्रोमोशनल टुर युकेका विभिन्न शहर सँगै नेपालका पनि ८ स्थानमा साँगीतिक भ्रमण गरिसकेको छ ।

‘सुनसरी’ एल्बम भन्दा अघि ‘लौ न हो’ सार्वजनिक गरिसकेको ब्याण्डले साँगीतिक क्षेत्रमा राम्रो प्रतिक्रिया पाईरहेको ब्याण्डकै सदस्य गितार बाधक किरण गुरुङले बताए ।

उनले भने, हामी भख्ररै यो फिल्डमा औपचारिक रुपमा आएका छौ । छोटो समयमा हामीलाई पोखरेलीले दिनुभएको मायाले यो क्षेत्रमा हामी उत्साहित भएर लागि परेका छौ ।

केहि समय अघि पोखरालाई ब्याण्डहरुको राजधानी भन्दै गर्दा फेरि पछि आएर सेलाए पनि अहिले पोखरेली ब्याण्डहरु एक भई उठिरहेको महशुष आफुले गरेको क्षेत्रीले बताए ।

आफ्नो पहिलो एलबम ‘लौ न हो’ लाई जतिले मन पराए त्यो भन्दा पनि बढि सुनसरीले माया पाउनेमा आफू विश्वस्त रहेको उनको भनाई थियो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.