www.tandavnews.com
Fact ~ In search of truth

म्याग्दी रघुगङ्गामा स्वास्थ्यचौकी बनाउन स्थानीय दिए जग्गा

म्याग्दी ।

रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीलाई स्थानीयवासीले १० लाख मूल्य बराबरको पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।

बेगका लोकबहादुर फगामी, हिमबहादुर फगामी र गोपी फगामीले  १० लाख मूल्य बराबरको जग्गा उपलब्ध गराएका हुन्।फगामीत्रयले मालपोत कार्यालय म्याग्दीबाट स्वास्थ्यचौकी व्यवस्थापन समितिको नाममा जग्गा रजिष्ट्रेशन पास गरिदिएको वडाध्यक्ष बिलबहादुर फगामीले जानकारी दिए ।

Batas

लोकबहादुर र हिमबहादुर फगामीले तीन रोपनी पाँच आना तथा गोपी फगामीले एक रोपनी ११ आना जग्गा उपलब्ध गराएका छन् । गोपीले उपलब्ध गराउनुभएको सडकले छोएको जग्गालाई पाँच लाख र लोकबहादुर र हिमबहादुर उपलब्ध गराउनुभएकोलाई पाँच लाख मूल्य कायम गरिएको छ ।

स्वास्थ्यचौकी भवन निर्माणका लागि समुदायस्तरबाट जग्गाको व्यवस्थापन गरेर प्रक्रिया शुरु गरिएको वडाध्यक्ष फगामीले बताए ।हाल वडा कार्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन भइरहेको छ । साँघुरो कोठा भएको कच्ची भवनमा पर्याप्त कोठा तथा पूर्वाधार नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.