www.tandavnews.com
Fact ~ In search of truth

मंसिर १३ देखि पोखरामा सफल एक्स्पो तथा मोबाइल मेला

पोखरा / ताण्डव न्यूज ।

यहि मंङसिर १३ देखि पोखरामा सफल एक्स्पो तथा तेस्रो मोबाइल मेला –०७५ आयोजना हुने भएको छ ।

नयाँबजारमा स्थित प्रर्दशनी केन्द्रमा हुने मेला मंङसिर २४ गतेसम्म सञ्चालन हुने हिजो (विहिवार) पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

Batas

पोखरा उद्योग वाणिज्य संघको आयोजना एंंव लक्ष्मी समूहको मुख्य प्रायोजन साथै नेपाल पर्यटन बोर्ड सहित आइएई ग्रुपको प्रबद्धर्नमा एक्सपो मेलाको आयोजना हुन लागेको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए ।‘एक्सपोमा डोममा र साधारण गरी ३ सय स्टलहर रहनेछन्,’ अध्यक्षले भने, ‘एक्सपो उद्यमशीलता चहानेहरुको लागि महत्वपूर्ण गन्तब्य बन्ने विश्वास रहेको छ ।’

विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकलाका सामाग्री, अटोे प्रदर्शनी, महिलाहरुका उत्पादनहरु एंव विशेष छुटका साथै विभिन्न ब्राण्डका मोवाइल फोन तथा इलेक्ट्रोनिक सामानहरु एक्स्पोका आकर्षण रहेको आयोजकले जनाए ।

यसैगरी नेपाल पर्यटन बोर्ड एंव पोखरा पर्यटन परीषदको सहकार्यमा एक्सपोमा होमस्टे प्रबद्र्धन तथा पर्यटकीय गन्तव्यबारे जानकारी दिने स्टलहरु पनि रहनेछन् । २ लाख दर्शक अनुमानित गरेको एक्स्पोले परिचय पत्र भएका विद्यार्थीहरुलाई ४० रुपैया र अन्य दर्शकहरुलाई ६० रुपैया टिकटदरको व्यवस्था गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.