www.tandavnews.com
Fact ~ In search of truth

मङसिर २९ मा भुजेल भाषाको चलचित्र नि–प्हुगाल

पोखरा ।

भुजेल भाषा, संस्कार, संस्कृतीमा आधारित चलचित्र ‘नि–प्हुगाल’ (हामी भुजेल) आगामी २९ गते देखि पोखराको विन्ध्यवासिनी चलचित्र मन्दिर तेर्सापट्टिमा प्रिमियर शो हुने छ ।

उक्त चलचित्र भुजेल समाज सेवा समिति, केन्द्रिय समिति र भुजेल चलचित्रकर्मी संघ केन्द्रिय समितिको सक्रियतामा भकारी इभेण्टसको व्यानरमा सेवानुङ फिल्म प्रालिको पहिलो प्रस्तुती रहेको बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

Batas

पत्रकार सम्मेलनमा बोल्दै भुजेल समाज सेवा समितिको निवर्तमान अध्यक्ष सूर्यबहादुर भुजेलले चलचित्रले भुजेल जातिको पहिचान सहित भुजेल भेषभुषा, कलासंस्कृतीको सम्बद्र्धन एवं प्रवद्र्धन हुने विश्वास व्यक्त गरे ।

फिल्ममा ६१ जना कलाकारले अभिनय गरेका छन् । नायक भिम भुजेल, नायिक पुजा भुजेल सहित सुरज भुजेल, मिनु भुजेल, सचिन भुजेल, कला भुजेल, कमल भुजेल, जुनुमाया भुजेल, रेशम भुजेल लगायतको मुख्य भुमिंका रहेको छ । फिल्मको कृष्ण कुमार गुरुङ्गले निर्देशन गरेका छन् । फिल्मको कार्यकारी निर्मातामा कमलबहादुर भुजेल रहेका छन् ।

सह–निर्मातामा कोपिला भुजेल रहेका छन् । पत्रकार सम्मेलनमा बोल्दै निर्माता कमलबहाुदर भुजेलले यो चलचित्र नाफाका लागि भन्दापनि जनचेतनाका लागि निर्माण गरिएको बताए । चलचित्र प्रदर्शनपछि संकलित रकम भुजेल जातिकै हितका लागि खर्चिने पनि उनले बताए ।

कमल भुजेलको कथा रहेको फिल्मको छायाँङ्कन तनहुँको रमणिय भुजेल बस्ति आदिमुल र पोखराको कास्कीकोट, छोरेपाटन, लेकसाइड लगायत आसपासको विभिन्न क्षेत्रमा गरिएको छ । चलचित्रमा ३५ प्रतिशत भुजेल भाषा प्रयोग गरिएको छ भने बाँकि नेपाली भाषा रहेको छ ।

फिल्ममा भुजेल भाषाको गित सहित तीन गित समावेश गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.