www.tandavnews.com
Fact ~ In search of truth

मङ्सिर ९ देखि गण्डकी प्रदेशमा लैङ्गिक हिंसाविरुद्ध अभियान

पोखरा ।

पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने हिजो पोखरामा बसेको महासङ्घ प्रदेश बैठकले निर्णय गरेको हो । तीन समूह मार्फत मनाङ र मुस्ताङबाट शुरु गरिने सो अभियान अन्तर्गत समाजमा हुने महिला हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमको उद्देश्य रहेको महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले जानकारी दिए ।

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि प्रदेश अध्यक्ष सुवेदीलाई कास्की, स्याङ्जा र तनहुँ, सचिव किशोर सापकोटालाई मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वत तथा सदस्य अर्जुन श्रेष्ठलाई मनाङ, लमजुङ र गोरखाको जिम्मा लगाइको छ । नवलपुरको गौँडाकोटमा सो अभियान सम्पन्न हुनेछ ।

कार्यक्रममा तीनै तहका महासङ्घका पदाधिकारी तथा केन्द्रीय सदस्य, सरोकारवाला विभिन्न सङ्घसंस्था, कानून व्यवसायी, समाजसेवी, बुद्धिजीवी एवं सञ्चारकर्मी संलग्न रहने बताइएको छ ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.