www.tandavnews.com
Fact ~ In search of truth

मजदुर दिवस:नेपालमा ४४ पतिशत श्रमिक रोजगार सम्झौताबिनै काममा

पोखरा ,
ताण्डव न्यूज ।

आज मे १ अर्थात अन्तर्राष्ट्रिय मजदुर दिवस ।

१३० औँ मजदुर दिवस आज विभिन्न जनचेतनामुलक कार्यक्रम गरी मनाईदै छ । ८ घण्टा का, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनका लागि युरोप र अ‍ेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा हरेक वर्ष मे १ तारिख अर्थात आजकै दिन अन्तर्राष्ट्रिय मजदुर दिवस विश्वभर मनाईदै आएको छ ।

Batas

सन् १८९० देखि मे १ का दिन संसारभर मजदुर दिवस मनाउने गरिएको हो भने नेपालमा सन् १९६३ देखि मनाउन थालिएको हो । मजदुर दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायतले शुभकामना व्यक्त गरेका छन् ।

नेपालमा ४४ दशमलव ०७ प्रतिशत श्रमिकलाई रोजगार सम्झौता नगरी काममा लगाउने गरेको पाइएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टले जनाएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.