www.tandavnews.com
Fact ~ In search of truth

मदिरामा सरकारको एक्सन : किन्ने र पिउने अपराह्रन ४ बजेपछि मात्रै

पोखरा ।

पछिल्लो समय देशमा हत्या हिंसा,बलात्कार जस्ता जघन्य अपराध दिनदिनै बढिरहेको छ । यस्ता अपराधको कारण मादक पदार्थ जस्ता नशालु पदार्थलाई रहेको तथ्य आइरहेका छन् । अपराधका लागी उत्प्रेरित गर्ने यस्ता मदिरामा अब सरकारले अंकुश लगाउने भएको छ ।

सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र प्रचार—प्रसार रोक लगाउने भएको हो ।गृह मन्त्रालयले एक कार्यकारी आदेश जारी गर्दै मदिराको उत्पादनदेखि प्रचारसम्म अंकुश लगाउने तयारी गरेको हो । शान्ति सुरक्षामा खलल पुरयाएको भन्दै गृहले कडा नियमम लगाउन लागेको हो ।

Batas

गहले दिएको आदेश कार्यान्यवन भए उपभोक्ताले परिचयपत्र देखाएर मात्रै मदिरा किन्न पाउनेछन् ।विक्रेताले उपभोक्ताको परिचय खुल्ने कागज पत्रको अभिलेख राखेर मात्रै मदिरा बिक्री गर्न पाउनेछन् ।

अपराह्न ४ बजेदेखि राति ९ बजेसम्म मात्रै मदिरा बेच्न तथा किन्न पाईने छ । होटेल, रेस्टुरेन्टहरुले समेत साँझ ५ बजेदेखि राति १० बजेसम्म मात्रै सेवन गराउन पाउनेछ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.