www.tandavnews.com
Fact ~ In search of truth

मदिराले मातिएका एनआरएनएका अध्यक्ष र सञ्चारकर्मीलाई सिल्क एयरले विमानबाट निकालेपछि….

काठमाडौं ।

एनआरएनएका अध्यक्ष भवन भट्टलाई सिल्क एयरको विमानबाट निकालिएको छ । विमानभित्र अभद्र व्यवहार गरेपछि भट्टलाई विमानबाट निकालिएको जनाइएको छ ।

मदिराले अनियन्त्रित भएर उडानदल सदस्यलाई अभद्र व्यवहार गरेपछि गैरआवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष भवन भट्ट र संचारकर्मी सनत न्यौपानेलाई सिल्क एयरले विमानबाट उतारेको हो।

उनीहरूले शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेको सिल्क एयरलाइन्सको फ्लाइट नम्बर एसएलके ४१३(कल साइन एमआइ४१३) विमानमा मदिरा सेवन गरेर होहल्ला गर्दै विमान दलमा रहेका सदस्यहरूलाई अभद्र व्यबहार गरेपछि सो एयरलाइन्सले विमानस्थल प्रहरीको सहयोगमा विमानबाट निकालेको विमानस्थल श्रोतले बताएको छ।

उनीहरूले सो विमानका कर्मचारीका अलावा विमानस्थल कर्मचारी एवम् ड्युटीमा रहेका प्रहरीहरूलाई समेत अभद्र व्यवहार गरेका थिए।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.