www.tandavnews.com
Fact ~ In search of truth

मध्यपहाडी लोकमार्ग : पहिरोले बागलुङ खण्ड अवरुद्ध

बागलुङ । 

अविरल वर्षापछि खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेको छ ।

काठेखोला गाउँपालिका–१ पालामा गएको पहिरोले गएरातिदेखि नै लोकमार्गमा सवारी आवातजावत ठप्प छ । पश्चिम बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने सवारी साधन बीचमै रोकिएका छन् ।

Batas

बिहानैदेखि पहिरो हटाउने काम शुरु भएको प्रहरीले जनाएको छ । दिउँसोसम्म सडक सञ्चालन हुने अक्षेते प्रहरी चौकीका हवल्दार किशोर भण्डारीले जानकारी दिP  । ‘डोजर लगाएर काम भइरहेको छ, प्रहरी टोली पनि खटिएको छ,’ उनले भने  , ‘ठूलो पहिरो गएका कारण समय बढी लाग्ने देखिन्छ ।’ -रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.