www.tandavnews.com
Fact ~ In search of truth

मध्यमोदीमा आगलागी, ३ जना घाईते

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

पर्वतमा निर्माण हुँदै गरेको मध्यमोदी जलबिद्युत आयोजनामा सोमबार भएको आगलागीमा परी ३ जना कामदारहरु घाईते भएका छन् ।

सुरुङदेखि विद्युतगृहसम्म पानी पठाउने पाईमा रङ लगाउने क्रममा सोमबार बिहान आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । आगलागीमा परी रङ लगाउँदै गरेका अनिल विक, विजय पचभैया र चन्दनबहादुर गुरुङ रहेका छन् । सुरुङ्ग भित्रको पाईपमा रङ लगाउने क्रममा अँध्यारो भएपछि उज्यालोको लागि जोडिएको तार सर्ट भएका कारण आगलागी भएको प्रहरीले बताएको छ ।

बिहान झण्डै साढे १० बजेको समयमा लागेको आगो नेपाली सेना, शसस्त्र प्रहरी, प्रहरी र आयोजनामा कार्यरत कामदारहरुको सहयोगमा दिउसो १ बजेमात्र नियन्त्रणमा आएको थियो । आगलागीका कारण रङहरु जलेका भएपनि आयोजनाका अन्य उपकरणहरुमा भने क्षती नभएको आयोजना प्रमुख पवनकुमार यादवले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.