www.tandavnews.com
Fact ~ In search of truth

मनकामना मन्दिर परिसरमा कुकुर आतंक,भक्तजन त्रसित

गोरखा ।

गोरखामा भुस्याहा कुकुरको आतंकबाट स्थानीय त्रसित भएका छन् । स्थानीयको अनुसार गोरखा मनकामनामा भुस्याहा कुकुरको आतंक बढ्दा तीन दिनको अन्तरालमा कुकुरले सात जना भन्दा बढीलाई टोकिसकेको छ ।

आज मात्रै मनकामना मन्दिर पुगेका चार जना भक्तजनलार्इ भुस्याहा कुकुर टोकेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयको अनुसार यसअघि चार–पाँच जना गाउँलेलाई टोकिसके छ । र्‍याल चुहाउदै पुच्छर लुकाउदै हिँड्ने बौलाहा कुकुरले गाउँका अन्य कुकुरलाई पनि टोकेको जनाइएको छ ।

कुकुर नियन्त्रणका लागि पहल भइरहेको स्थानीयले बताएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.