www.tandavnews.com
Fact ~ In search of truth

मनाईँदै पर्व, हराउँदै परिकार

 

 

संजय रेग्मी
पर्वत /ताण्डव न्यूज ।

ज्योतिष शास्त्र अनुसार सौरमासको हिसाबले माघे संक्रान्ति अर्थात आजका दिनदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ’मकर संक्रान्ति’ भनिन्छ । माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने यो नेपालको एउटा प्रमुख चाड हो । माघे संक्रान्ति मनाउँदै गर्दा खाईने परिकारहरु भने हराउँदै जान थालेका छन् ।

माघ महिनाको पहिलो दिनमा पर्ने माघे संक्रान्ति खाना र परिकारका हिसावले भने संकटमा परे जस्तै भएको छ । माघे सक्रान्तिमा विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजा गरेपछि घिउ, चाकु, तिलको लड्डु, सखरखण्ड, तरुल, सागपात, खिर्चो लगायतका परिकार र खाद्यान्नहरु खाने गरिन्छ । तर आजभोलीको पुस्तालाई भने माघे सक्रान्तिमा खाईने परिकारको बारेमा थाहा छैन् ।

एक जना यूवा दीपक क्षेत्री भन्छन, ‘खासै त के खाने हो र ? मासु पकाउने, साथीहरु जम्मा हुने, गण्डकी नुहाउने त्यही नै हो ।’ क्षेत्री जस्त यूवा पुस्ताका कतिपयले मासु र विदेशबाट आयातित परिकारहरुलाई रोज्ने गर्छन् ।

यूवाहरुको रोजाईमा धार्मिक र सांस्कृतिक परिकारहरु नपर्दा पाको पुस्ता पनि बाध्यताबस धार्मिक परिकारलाई बिस्तारै बिर्सन बाध्य भएको छ । कुश्मा नगरपालिका ५ की ६५ बर्षिया चन्द्रा पाध्या भन्छिन, ‘घिउ हालेर पकाम छोराछोरीले ग्याष्टी हुन्छ भन्छन्। धन्न तरुल सम्म खाका छन् । अहिलेकाले खोजी नै गर्दैनन् । हाम्रो दिन उमेर हुँदा त ३÷४ दिन अगाडि नै तरुल सरखण्ड खोजेर राख्तीम ।’ पर्व मनाउँदै गर्दा परिकारलाई भुल्नुले चाडपर्वसंग जोडिएका खानपान देखि शैलीसम्मका पक्षहरु परिवर्तन भएका छन ।

माघे सक्रान्तिमा खाईने परिकारहरु पोषिला खालका हुने भएकाले शरीरलाई स्वस्थ राखी निरोगी बन्न सकिने चिकित्सकहरुको भनाई छ । कार्बोहाईड्रेट, प्रोटीन, खनिज, भिटामिन लगायतका तत्वहरु माघे सक्रान्तिका परिकारमा पाउने गरिन्छ । ‘फिजक एण्ड मेन्टल हेल्थको लागि तरुल, पिंडालु, सखरखण्ड, साग, तिल आदि महत्वपूर्ण खानेकुरा हुन् । माघे सक्रान्तिमा मात्र खानुपर्छ भन्ने होईन यो त नियमित रुपमा सधैँ खान सके राम्रो । यि खाने कुराहरुले हाम्रो शरीरमा चाहिले बिभिन्न पौष्टीक तत्वहरु प्रदान गरेका हुन्छन् ।’ जिल्ला अस्पताल पर्वतका डा. भक्त गुरुङले भने ।

यो पर्वलाई तरुल, घिउ र चाकुको पर्वको रुपमा पनि लिने गरिन्छ । यो समय चिसो हुने भएका कारण पनि माघे सक्रान्तिमा खाईने परिकारहरुले शरीरमा भिजेको चिसो सोस्छन भन्न पनि छ । पछिल्लो पुस्ताले चाडपर्वका नाममा तामसी भोजनलाई महत्व दिने गरेका कारण चाडपर्वमा खाईने परम्परागत महत्वका खाद्यान्न संकटमा परेको धेरैको भनाई छ ।

बजारमा बिक्रीका लागि राखिएका तरुल, सखरखण्ड, सागपात, पिंडालु, चाकु लगायतका बस्तुहरु जति मात्रामा बिक्री हुनुपर्ने हो त्यो नभएर तामसी भोजनसंगै रंग रमाईलो गर्ने परिकारहरु रोजाईमा पर्ने गरेको ब्यवसायीहरु बताउँछन् । माघे सक्रान्तिमा खाईने पकिारहरु किन्नको लागि यूवा पुस्ताका भन्दा पनि पाको पुस्ताका ग्राहकरु आउने गरेको तरकारी तथा फलपूmल व्यवसायी भगवती शर्माले बताईन् ।

नेपाली खाना र परिकारका आप्mनै धार्मिक र सांस्कृतिक पहिचान र महत्व छ। आधुनिकतामा प्रवेश गरेको बहानामा हाम्रो मौलिक खाना र परिकारलाई त्याग्दै जाने हो भने कुनै दिन चाडपर्वका परिकार मात्र होईन चाडपर्व नै जोखिममा पर्ने हुन की ? भन्ने चिन्ता थपिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.