www.tandavnews.com
Fact ~ In search of truth

मनाङेको संसद प्रवेश भारतीय गाडीमा

 

 

पोखरा ,
ताण्डव न्यूज ।

हिजो सोमबार साँझ प्रदेशसभा सदस्यको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका राजीव गुरुङ उर्फ दिपक मनाङे भारतीय नम्बर प्लेटको गाडी चढेर गण्डकी प्रदेशसभा इन्ट्री गरेका छन् ।

Batas

१४ महिनापछि सपथ लिएका मनाङे भारतको विहार प्रदेशको BR06PD 7529  नम्बरको गाडी चढी प्रदेशसभा प्रवेश गरेका हुन् । भारतीय नम्बर प्लेटको मोटर चढेर प्रदेशसभा प्रवेश गर्न पाउनेकी नपाउने भन्ने बारे कानुनी कार्यविधि हेर्नुपर्ने गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले बताए ।

मनाङे भने भारतको चन्दा लिन नहुने तर गाडी चढेर किन आउन नहुने भन्दै तर्क गरे ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.