www.tandavnews.com
Fact ~ In search of truth

मनाङेले खालान त सपथ ? यस्तो छ तयारी

पोखरा,
ताण्डव न्यूज ।

दिपक मनाङे (राजीव गुरुङ) को सपथ हुने वा नहुने विषयमा आज (आइतबार) दिउँसो २ बजे सांसद कार्यब्यवस्था परामर्श समितिले छलफल गर्दै छ । टिकापुर घटनाका दोषी ठहरिएका रेशम चौधरीलाई केही दिन अघि मात्रै सपथ खुवाएपछि ज्यान मुद्धामा दोषी ठहरिएका मनाङेले सपथ खाने या नखाने विषयमा चर्चा सुरु भएको हो ।

स्वतन्त्र उमेद्वार बनेर मनाङ ख बाट गण्डकी प्रदेश सभा सदस्य विजयी बनेका उनलाई सपथ खानै नपाई पक्राउ गरी जेल चलान गरिएको थियो । यद्यपी अघिल्लो हप्ता मात्रै थुनामुत्त भएका मनाङले गण्डकी प्रदेश सभा पुगेर सपथ खान पाउँ भनी निबेदन दर्ता गराएका थिए ।

Batas

ज्यान मार्ने उद्योगको मुद्धा लागेका मनाङ्गेको म’द्दा सर्वोच्चमा विचाराधीन अवस्थामा छ ।. रेशम चौधरीले प्रतिनिधिसभा सांसदका रुपमा जेलबाटै लगेर सपथ सपथ खुवाएर फेरी जेलमै लगेपछि मनाङेले सपथ खान पाउने सम्भावना पनि उत्तिकै छ ।

सभामुख नेत्रनाथ अधिकारीले मनाङेको सपथ हुने नहुने विषयमा संसद कार्यब्यवस्था परामर्श समितिको बैठक ठाकेको समितिका संयोजक मायानाथ अधिकारीले जानकारी दिए । ‘सभामुख ज्यूले यस विषयमा छलफल गर्न आज परामर्श समितिको बैठक डाक्नु भएको छ,’ अधिकारीले भने, ‘बैठकमा केही छलफल होला त्यसैको आधारमा सभामुखले निर्णय लिनुहुन्छ होला । यसबारे पूर्ण अधिकार भने सभामुख ज्यूलाई नै छ । हामीले परामर्श र सुझाब मात्र दिने हो ।’सभामुख अधिकारीको भने मोबाइल स्वीच अफ गरिएको छ ।

अघिल्लो हप्ता प्रदेश सभा सचिवालयमा सपथ खान पाउँ भनि निबेदन दर्ता गरि काठमाडौँ फर्केका मनाङे आज (आइतबार) पुन पोखरा आउने तयारीमा रहेको उनी निकट स्रोतले बतायो । आज बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि मनाङेले सपथ खाने या नखाने विषय पनि अन्यौलमै छ । मनाङेले सपथ खान पाउने या नपाउने विषयमा संसदमा रहेका कुनै पनि दलले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.