www.tandavnews.com
Fact ~ In search of truth

मनिपाल अस्पतालमा न्यूरोलोजिकल लाइफ सपोर्ट कार्यशाला

पोखरा ।

पोखराको मनिपाल शिक्षण अस्पतालमा इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ ।

अमेरिकाको न्यूरोक्रिटिकल केयर सोसाइटीले बनाएको इमर्जेन्सी न्यूरोलोजिकल लाइफ सपोर्ट कोर्षसम्बन्धी पोखरामा पहिलोपटक कार्यशाला सम्पन्न भएको हो ।

Batas

उक्त कार्यशालामा विभिन्न न्यूरोलोजिकल र न्यूरोसर्जिकल रोगसम्बन्धी समस्या र उक्त रोगको समाधानको विषयमा छलफल भएको कार्यक्रम संयोजक एवं मनिपाल शिक्षण अस्पताल न्यूरोसर्जरी विभागका प्रमुख डा बालगोपाल कर्माचार्यले जानकारी दिए ।

विशेष गरी टाउको र मस्तिष्कको चोटपटक, मेरुदण्डको चोटपटक, मस्तिष्क पक्षाघात, ब्रेन हेमरेज, छारेरोग, मस्तिष्क र मेरुदण्डको सङ्क्रमण तथा ट्युमरको लक्षण लिएर आएका बिरामीलाई शुरुको अवस्थामा तत्काल के कस्ता निदानका उपाय गर्ने र उपचार कसरी गर्ने भन्ने विषयमा कार्यशालामा छलफल भएको डा कर्माचार्यले बताए ।

कार्यशालामा सहभागीलाई कार्यक्रम संयोजक डा कर्माचार्यसहित महाराजगञ्ज शिक्षण अस्पताल काठमाडौँका न्यूरोक्रिटीकल विशेषज्ञ डा जेन्टल सुन्दर श्रर, डा .प्रज्ञा आचार्य, न्यूरो अस्पताल बासबारी काठमाडौँका डा मयुशबहादुर मुनान्कामी र डा सुवास लोहनी, मनिपाल शिक्षण अस्पतालका डा निकुञ्ज योगी र डा हरि पौडेलले प्रशिक्षण दिएका थिए।

कार्यशालामा पोखराका विभिन्न अस्पतालको आकस्मिक कक्ष, आइसीयू र न्यूरो आइसीयूमा कार्यरत ८३ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.