www.tandavnews.com
Fact ~ In search of truth

मन्त्रीपरिषद बैठक आज, प्रधानमन्त्रीले पहिलोपटक भिडियोमार्फत सम्बोधन गर्दै

काठमाडौं ।

मन्त्रीपरिषद बैठक आज बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश नरहेका बेला बस्न लागेको बैठकलाई ओलीले भिडियो मार्फत सम्बोधन गर्ने जनाइएको छ । उपचारका लागि सिंगापुरमा रहेका ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठक सम्बोधन गर्न लागेका हुन् ।

मध्यान्ह १२ बजेका लागि बोलाइएको बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ ।भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुने र सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यसअघि मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री सिंगापुर जानुअघि भिडियो कन्फेरेन्सबाटै बैठक सञ्चालन गर्न सकिने व्यवस्था गरेको थियो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.