www.tandavnews.com
Fact ~ In search of truth

मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध

कास्की ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ ।

अध्यक्ष हितराज पाण्डेले बुधबार साँझ जारी गरेको शोक वक्तव्यमा संविधानसभाको विकास समितिको सभापति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा अधिकारीले आफूलाई अग्रणी रूपमा स्थापित गरेको बताए ।

मन्त्री अधिकारीले निर्वाह गर्नुभएको भूमिका मुलुक तथा विशेषगरी गण्डकी प्रदेशले सधैँ सम्झिरहने वक्तव्यमा उल्लेख छ । अधिकारीको निधनबाट पार्टी र देशले एक होनहार सिर्जनशील, लोकप्रिय युवानेता तथा विकासप्रेमी जनप्रतिनिधि गुमाएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा नेपालको कम्युनिष्ट आन्दोलनमा मन्त्री अधिकारीले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि तथा उनीहरुका शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.