www.tandavnews.com
Fact ~ In search of truth

मर्दी हिमाल ट्रेकिङमा आएका जापनीज नागरिकको भिरबाट खस्दा मृत्यु

पोखरा,
ताण्डव न्यूज ।

कास्कीमा भीरबाट लड्दा एक विदेशी नागरिकको मृत्यु भएको छ ।

काठमाण्डौँको हिमालयन शेर्पा एड्भेन्चर कम्पनीबाट मर्दी हिमालमा ट्रेकिङका लागी आएका जापनीज नागरीक नाजासावा माझासी (NAJASAWA  MAJAHSI) को भीरबाट लडी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
माछापुच्छ्रे गाउँपालिका –९ मर्दी हिमालको भ्यु प्वाइन्ट गई होटल तर्फ फर्किने क्रममा पासपोर्ट नम्बर TR2837904 भएका ६४ वर्षीय माझासी भिरबाट चिप्लिएका थिए । उनको शव उद्धार गरी काठमाण्डौँको टिचिङ अस्पताल पठाईएको छ ।

कम्पनीबाट ४ जना जापनीज नागरीक र २ जना नेपाली गाईड गरी ६ जना मर्दी हिमाल ट्रेकिङमा आएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.