www.tandavnews.com
Fact ~ In search of truth

मलेसिया जाने नेपाली बढे

काठमाडौँ (रासस)

गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ ।

श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताउनुभयो । “विकसित मुलुकमा श्रमिकको माग कम भएकै कारण विदेश जानेको संख्या पनि कम छ”, पाण्डेले भन्नुभयो ।

Batas

मन्त्रालयको तथ्यांकअनुसार मलेसियापछि दोस्रो नम्बरमा कतार छ । कतारमा यो वर्षमात्र ८१ हजार ३६४ जना गएका छन् ।

आव २०७०÷७१ मा मलेसिया जानेको संख्या दुई लाख १४ हजार १४९ थिए भने आव २०७२÷७३ मा ६० हजार ९७९ मात्र थिए । अघिल्लो वर्षको तुलनामा भने यो वर्ष मलेसिया जानेको संख्या बढी हो ।

त्यस्तै २०७०÷७१ मा कतार जानेको संख्या एक लाख २८ हजार ८७४ थियो भने आव २०७२÷७३ मा एक लाख २९ हजार ३८ पुगेका थिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.