www.tandavnews.com
Fact ~ In search of truth

महरालाई आज अदालतमा उपस्थित गराउने तयारी

काठमाडौँ ।

बलात्कार आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई आज अदालतमा उपस्थित गराउने तयारी रहेको जनाइएको छ । प्रहरी थुनामा रहेका महराको स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पतालमा छन् । उनलाई अाज अदालत लगिने प्रहरी उच्च स्रोतले जनाएको छ ।

सभामुख पदबाट राजीनिमा दिएका महरालाई नेपाल प्रहरीले असोज १९ गते आइतबार साँझ बालुवाटारबाट पक्राउ गरेको थियो।काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

Batas

संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीले महरा आफ्नो कोठामा आएर बलात्कार गरेको आरोप लगाएकी छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.