www.tandavnews.com
Fact ~ In search of truth

महाधिवेशनको पूर्वसन्ध्यामा सरसफाई

पोखरा,
ताण्डव न्यूज।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौं केन्द्रीय महाधिवेशनको पूर्वसन्ध्यामा सचिवालय वरपरको क्षेत्रमा आज (सोमबार) सरसफाई गरिएको छ ।

सरसफाई मुल आयोजक समितीको सचिवालय पुराना यातायात कार्यालय पछाडि पोखरा सभागृहमा भएको थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका वरिष्ठ कानुन अधिकृत नारायण शर्माले राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङलाई कुचो, माक्र्स, पञ्जा हस्तारन्तरण गरि कार्यक्रमको सुरु गरिएको थियो ।

Batas

अधिकृत शर्माले अधिवेशनको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रम राख्नु प्रशंसनीय काम भएको बताए । गण्डकी प्रदेशका अध्यक्ष गुरुङका अनुसार सरसफाईबाट आठ बोरा फोहोर संकलन भएको थियो

कार्यक्रममा केन्द्रीय प्रतिनिधी, जिल्लाका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो । महाधिवेशन मंसिर ६, ७ र ८ गते पोखरामा हुँदैछ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.