www.tandavnews.com
Fact ~ In search of truth

महानगरका कर्मचारी र जनप्रतिनिधिलाई बस सेवा

पोखरा ।

पोखरा लेखनाथ महानगपालिकाले कर्मचारी सुविधाको लागि बस सेवा बुधबारदेखि सुरु गरेको छ ।

महानगर तथा अन्तर्गत कार्यालयमा कार्यरत कर्मचारीलाई कार्यालय आउजाउ गर्न सजिलो होस भनेर बस सेवा सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

Batas

पौडेलका अनुसार बस सेवाको सुविधा महानगरका जनप्रतिनिधिले पनि उपयोग गर्न सक्नेछन् । पौडेलले कर्मचारी कार्यालय आउने समयको नियमितता, एक रुपताको साथै सुरक्षालाई समेत मध्यनजर गर्दै बस सेवा सुरु गरेको बताए ।

बिदाको दिन बाहेक हरेक दिन बेगनासताल बसपार्कबाट बिहान ९ : १५ बजे बस छुट्ने छ । उक्त बस तालचोक, विजयपुर, अमरसिंहचोक, पृथ्वीचोक, एयरपोर्ट, बिरौटाचोक, राष्ट्रबैंकचोक, रत्नचोक सिर्जनाचोकहुँदै महानगरको कार्यालय न्युरोडमा १० बजे आइपुग्नेछ ।

शुक्रबार ३ : १० मा र अन्य दिन ५ः १० बजे महानगरको कार्यालयबाट सोही रुट अनुसार बेगनासतालसम्म बस पुग्नेछ ।

यो रुटको बस सेवाको प्रभावकारिता हेरेपछि महानगरको उत्तरतर्फको क्षेत्रलाई समेट्ने गरी पनि बस सेवा सुरु गर्ने योजना महानगरको रहेको पौडेलले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.