www.tandavnews.com
Fact ~ In search of truth

महानगरको अभियानमा युवाको साथ, इ-टिकेटिङ्गको प्रयोग बारे सचेतना

पोखरा ।

पोखरा महानगरको अभियान सार्वजनिक यातायातमा यात्रा कार्डको प्रयोग र इ – टिकेटिङ्गको प्रयोग बारे आज युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

५० युवाहरुको समुहमा छलफल गरिएको अन्तर्कृया कार्यक्रममा कार्ड इश्यु तथा प्रयोगको बारेमा एन क्लाउडका ब्यवस्थापक दिपेन्द्र श्रेष्ठ प्रस्तुति दिए सङ्गै छलफल सुरु गरिएको थियो । युथ थिन्कर्स सोसाइटी र महानगर बाल मन्चका सहभागीता रहेको कार्यक्रममा बस ब्यवसायी तथा महानगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Batas

बस ब्यवसायिले कार्ड प्रयोग गरि यात्रा गर्दा भाडामा सहुलियत दिने प्रतिवद्दता जनाएका थिए । भदौ १ र २ गते युवाहरुले बिध्यालय तथा समुदायमा यात्रा कार्डको प्रयोग बारे जानकारी गराउनेछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.