www.tandavnews.com
Fact ~ In search of truth

महानगर प्रमुख जिसीद्वारा मन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त

पोखरा ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सङ्घीय सरकारका मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको निधनले आफू मर्माहत भएको बताएका छन् ।

जिसीले आज शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गरेका छन् । पोखरा–३३ (साबिक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै क्रियाशील राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र रहेका जिसीले स्मरण गरेका छन् ।

उनले अधिकारीको निधनले मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालीन, अध्ययनशील, प्रतिभावान्, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका अधिकारीलाई गुमाउँदा कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै विज्ञप्तिमा विद्यार्थी जीवनदेखि देश र जनताप्रति समर्पित अधिकारीले गरेको सङ्घर्षले कम्युनिष्ट आन्दोलनमा होमिएका सबैलाई प्रेरणा दिनाका साथै उनको योगदानलाई पोखराले सधैँ स्मरण गरिरहने उल्लेख गरिएको छ ।

यस दुःखद घडीमा उनको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि व्यक्त गर्दै जिसीले शोकाकूल परिवार र आफन्तजनमा समवेदना पनि प्रकट गरेका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.