www.tandavnews.com
Fact ~ In search of truth

महिला पत्रकारहरुका चुनौती र भविष्य

महिलाका संख्या कम छ


सिमा श्रीवास्तव (पर्सा)
पत्रकारको त्यसै पनि चुनौती हुन्छ । त्यसमाथि महिला पत्रकारको हिसाबमा घरपरिवार देखि काम गर्ने ठाउँसम्म पनि चुनौति रहेको छ । एक महिलालाई जति चुनौती छ, त्यसमा पनि काम गर्ने महिलाहरुलाई घर सम्हाल्ने देखि काम गर्ने ठाउँसम्मका चुनौतीहरु सँगै लड्नु पर्छ । हरेक क्षेत्रमा पुरुष वर्गको संख्या बढी हुनाले पनि कति ठाउँमा उनीहरु खुलेर आउन सकिराखेका हुदैन् । अझै पनि महिलाहरुलाई सो पिसका रुपमा नै देखाइएका हुन्छन् । हामिले अरुका भाषा अरुका आवाज उठाइँरहदा हाम्रो आवाज नै पछाडि परेको छ । हाम्रो विचार धारणाहरु अझै पनि गुम्सिएर बसेको छ । भन्नालाई ३३ प्रतिशत भएपनि पहुँचमा महिलाको संख्या कम देखिन्छ ।

क्षमता अभिवृद्धिको विकास हुनु पर्ने

Batas


धनु भुषाल (नवरपरासी)

मिडिया क्षेत्रमा महिला पत्रकारहरुमा पछिल्लो समयमा सम्भावनाहरु बढ्दै गएको छ । चुनौतीहरु पनि त्यतिकै सामाना गर्ने पर्ने अवस्था रहेको छ । सञ्चार माध्यमको बढ्दो विकाससँगै महिला साथीहरुको पनि उपस्थित बढ्दै देखिएको छ । तर जति हुन पर्ने हो त्यो अझै देख्न सकिएको छैन् । सम्पादकीय तहमा उनीहरु आउन सकेको छैन् । एउटा समाचार पोष्ट खालि राखेर पनि उसलाई पदीय जिम्मेवारी दिन नसकेको अझै हामीले देख्न सक्छौ । जति पनि महिलाहरु क्रियाशिल भएर पत्रकारितामा आएका छन,् त्यसमा खुुशीको कुरा भन्दा उनीहरु आफ्नो पहिचानमा उभिन पाएका छन् । महिलाहरुले काम र पहिचानसँगै आफ्नो क्षमता अभिवृद्धि गर्न पनि आवश्यकता छ । मिडिया क्षेत्रमा अझै पनि शोषण, हिंसाको कुराहरु, पारिश्रमिका कुराहरु हुँदा पनि हाम्रो मासमा त्यसै क्षेत्रमा अग्रज महिला पत्रकारको भुमिकामा निर्वाह अग्रज व्यत्तित्व पनि हुनुहुन्छ । हामीले सकारात्मक पक्षलाई अनुशरण गरि अघाडि बढ्नु पर्ने आवश्यकता छ । महिलासँग सम्बन्धित रहेका संस्थाहरु डब्लूडब्लू जे, सञ्चारिका, महासंघ, प्रेस संगठन यी संगठनहरुले पनि महिलाहरुलाई लक्षित गरि उनीहरुको क्षमता विकासमा तालिम गराउनु आवश्यक छ ।

भविष्यका लागि पहल


बाला अधिकारी (प्रेस युनियनको केद्रिन्य उपाध्यक्ष)
हाम्रो नेपाली पत्रकारितामा महिलाहरुलाई धेरै चुनौती छन् । त्यसक्षेत्रमा काम गरेर बिक्न एउटा समस्या छ भने त्यसमा टिक्न अर्काे समस्या रहेको छ । अहिले पनि लैङगिक हिंसाका कुराहरु उठिरहेका छन् । पत्रकारिता क्षेत्र अझै अछुतो छैन, हामिलाई श्रममा हिंसा हुन्छ, हामिले काम गर्ने संघ संस्थाहरु महिला मैत्री छैनन् । हामि महिलाहरु सेक्युरेटिको हिसाबमा पनि सुरक्षित नभएकाले पत्रकारिता क्षेत्र महिलाका लागि चुनौती छ । त्यस क्षेत्रमा भविष्य हेर्दा विभिन्न पहलहरु भइरहेका छन्, महिलाका लागि रहेका विभिन्न संस्थाहरुले पनि हालै केहि गर्न सकेको त छैन तर पनि पहल भइराखेको भविष्य उज्वल छ ।

महिला पुरुषलाई समान गरिएको छैन

शर्मिला डिसी (दाङ)
विशेष गरि पत्रकारितामा महिलाहरुको थुप्रै चुनौतीहरु छन् । पुरुषको तुलनामा महिलाहरुलाई काम गर्ने निकै गाह्रो छ । कार्यक्षेत्रमा खट्न गाह्रो भन्दा पनि पुरुषको तुलनामा महिलाहरुलाई घरको काम देखि बाहिरको काम पनि हेर्नुे पर्छ । अहिले २१ औ शताब्दीमा आइपुग्दा पनि महिलाहरुलाई हेर्ने दृष्टिकोणमा फरक देखिदैन् । पारिश्रमिकको विषयमा पनि महिला पुरुषलाई समान गरिएको छैन् । पुरुषले भन्दा बढी काम गरे पनि कम तलब पाएको अवस्था छ । हामि पनि त्यसको पात्र भएका छौ । पत्रकारिता क्षेत्रमा थुप्रै अवसर छन् । तर त्यसै क्षेत्रमा टिकेर काम गर्ने गाह्रो छ, अझै पनि प्रेस काउन्सिलले चोकेको अनुसार पारिश्रमिक लागु हुन सकिराखेको छैन् । कतिपय मिडिया हाउस चलाउन पनि गाह्रो भएको अवस्था हामिले देख्न सक्छौ । मिडिया हाउस अहिले रहरको पेसा भइराखेको छ । महिलाहरुलाई पनि श्रम जिवि पत्रकार ऐन लागु भए महिलाहरु पलायन हुने थिएनन् ।

चुनौतीको सामाना गर्नुपर्छ


रमा दाहल ¬(कान्तिपुर टेलिभिजन, काभ्रे)
चुनौती पत्रकारितामा मात्र नभई हरेक क्षेत्रमा छ । चुनौतीलाई सामाना गर्न सक्ने क्षमता महिलाहरुले पनि उत्पादन गर्नुपर्छ । हामी विचाराको पात्र बन्नु हुदैन् । प्रविधिले कहिल्यै पनि लिङ्ग चिन्दैन् । त्यसैले ज्ञान सिप क्षमता लिनको लागि भित्रै देखि इच्छा जागेर आउनुपर्छ । गर्वभती भएको बेला र महिनावारी भएको बेला बाहेक हरेक समयको समाना गर्नुपर्ने आँट महिलामा पनि हुनु जरुरी हुन्छ । हुनत महिला रिपोटिङ गर्न जादाँ स्रोतले नपताउँने जस्ता अनेक चुनौतीहरु छन् । तर जसरी लुकाउन खोज्छन त्यसै गरि खोजेर प्रकाशन गरेपछि बल्ल उनीहरुले पनि चिन्छन् । पुरुष साथीहरुले पनि गर्वदेखि सिकेर आएका हँुदैन् । उनीहरुले पनि सिकेर नै गरेका हुन् त्यसैले महिलाले आफूलाई कहिल्यै कमजोर बनाउनु हुदँैन् ।

श्रमजीवि पत्रकारहरुमा न्यूनतम पारिश्रममा लागु हुनुपर्ने


सरिता श्रेष्ठ (एभिन्यूज टेलिभिजन)
पहिलाको तुलनामा अहिले धेरै अवसरहरु छन् । पहिला कम मिडिया हाउसहरु थिए । त्यो हिसाबबाट हेर्दा अहिले धेरै राम्रो छ । तर त्यो अवसरहरुलाई कसरि समात्नी भन्ने कुरा नै प्रमुख चुनौती हो । प्राविधिक रुपमा महिलाहरुलाई राम्रो तरिकाले टे«निङ दिन सक्यो भने पत्रकारितामा महिलाहरुको भविष्य राम्रो छ । न्यूनतम पारिश्रमिकमा भने महिला पुरुष नभनी श्रमजिवि पत्रकारहरुलाई समान पारिश्रमिक हुन जरुरी छ ।

प्रस्तुति ः बिनिता सुनार÷पोखरा

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.