www.tandavnews.com
Fact ~ In search of truth

महिला फुटबल टोली स्वदेश फिर्ता

काठमाडौँ ।

साफ महिला अठार वर्षमुनिको च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।

टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले स्वागत गरे । भुटानमा सम्पन्न सो प्रतियोगिताको फाइनलमा नेपाल बङ्गलादेशसँग पराजित भएको हो । यही असोज २१ गते सम्पन्न फाइनलमा नेपाल बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएको थियो ।

Batas

सेमिफाइनलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा ३–१ गोलअन्तरले पराजित गरी फाइनलमा स्थान बनाएको थियो । उपविजेता बनेको यु–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई एन्फाले जनही रु ५० हजार पुरस्कार दिने घोषणा गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.