www.tandavnews.com
Fact ~ In search of truth

माछापुच्छ्रे बैंकद्वारा दोविल्लाघाट परिसरमा वृक्षारोपण

पोखरा ।

माछापुच्छे बैंक लिमिटेडले पोखरा महानगरपालिका, वडा नं. २१ स्थित रघैचौर दोविल्लाघाट परिसरमा वृक्षारोपण गरेको छ ।

हेन्द्रपुल शाखाको सक्रियतामा बैंकले सफा, सुन्दर र हरियामय वातावरण बनाउन रघैचौर टोल विकास समितिसँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।विभिन्न जातका करिब १५० विरुवा वृक्षारोपण गरिएको जनाइएको छ ।

Batas

उक्त वृक्षारोपण कार्यक्रममा माछापुच्छे बैंकको तर्फबाट प्रदेश प्रमुख भवन सिंह खत्रीसहित विभिन्न शाखाका कल ६५ कर्मचारी सहित, रघैचौर टोल विकास समितिका अध्यक्ष, आमा समह, दोविल्ला घाट व्यवस्थापन समिताका अध्यक्ष भरत रायमाझी लगायत ५५ जना गरि कल १२० जनाको सहभागितामा रहेको थियो ।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १३१ वटा शाखाहरु लगायत ११२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २४३ स्थानवाट ग्राहक लाई बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १४४ वटा एटीएमहरु संचालनमा रहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.