www.tandavnews.com
Fact ~ In search of truth

मानवअधिकार रक्षक हातेमालो गरे हिंसाको अन्त्य हुन्छ

पोखरा / ताण्डव न्यूज ।
मानवअधिकार रक्षकहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्सिर २३ गते कास्कीको पोखरामा मानवअधिकार रक्षकको अधिकार बिषयक अन्तर्रक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आफ्ना भनाई राख्दै गण्डकी प्रदेशका मुख्य न्यायधिश राजेन्द्र घिमिरेले अरूको अधिकारका लागि वकालत गर्ने पक्षले सबैभन्दा बढी जोखिममा पर्ने गरेको भन्दै राज्य र गैरराज्य दुवै पक्षका मानवअधिकार रक्षक हातेमालो गरी अघि बढेमा समाधानको बाटोमा चाँडै पुगिने बताए ।

गण्डकी प्रदेश सरकार मानवअधिकार मैत्री कानुन निर्माणका लागि प्रतिबद्ध रहेको भन्दै मुख्य न्यायधिश घिमिरेले मानवअधिकार रक्षकहरूका निम्ति क्षमता अभिबृद्धी कार्यक्रम प्रदेश सरकारमाझ ल्याउन मानवअधिकार रक्षकहरूलाई घिमिरेले आग्रह गरे ।

कार्यक्रममा बरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बरालले मानवअधिकार रक्षकहरू जात, धर्म, भाषा, सम्प्रदाय भन्दा माथि उठेर मानवअधिकारको रक्षाका लागि एक हुनुपर्ने सुझाव दिए ।
गैर सरकारी संस्था महासंघ, गण्डकी प्रदेश संयोजक बिना सिलवालले मानवअधिकार रक्षकहरूले नै रक्षकको अर्थ, परिभाषा र महत्व बुझेर अभियानमा लागेमा मानवअधिकार रक्षकलाई जोखिम कम आईपर्ने भनाई राखिन् ।

नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठले दण्डहिनताको कारण अराजकता बढेको बताउँदै मानवअधिकार संगसंगै कर्तब्यका बिषयलाई पनि अभियानमा प्राथमिकता दिनुपर्ने भनाई राखे । महिला मानवअधिकार रक्षक सञ्जाल, कास्कीका अध्यक्ष जानकी शर्माले घरघरमा हुने हिंसाको अन्त्य गर्न सके हिंसाको अन्त्य गर्न सकिने बताईन् ।

कार्यक्रममा मानवअधिकार रक्षक संरक्षण तथा प्रबद्र्धन केन्द्रका सरला पाण्डेयले मानवअधिकार रक्षकका लागि राज्यले गरेका सम्बोधनको समिक्षा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताईन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, गण्डकी प्रदेशका निर्देशक दिपकजंगध्वज कार्कीले मानवअधिकार रक्षक सम्बन्धी घोषणपत्र १९९८ र मानवअधिकार रक्षकका काम, कर्तब्य र अधिकार सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

इन्सेक गण्डकी प्रदेश कार्यालय, पोखराका संयोजक शिव खकुरेलले इन्सेक पोखराले जनवरीदेखी हालसम्म गरेको अभिलेखमा प्रदेशका सातजना पत्रकार विभिन्न पक्षबाट पीडित भएको तथा महिला मानवअधिकार रक्षक, दलित अधिकारका क्षेत्रमा काम गर्ने ब्यक्ति तथा सुरक्षाकर्मी पनि विभिन्न घटनामा पीडित रहेको जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.