www.tandavnews.com
Fact ~ In search of truth

पोखराका मापदण्डविपरीतका मासु पसललाई कारबाही

पोखरा ।
उपभोक्ताको उजुरी आएपछि पहिलोपल्ट पोखरा महानगरले मासु बिक्रीकक्षमा अनुगमन गरेको छ ।

महानगरपालिकाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल, पशु सेवा विभाग, उपभोक्ता मञ्च कास्कीले संयुक्त अनुगमन गरेको हो । अनुगमनका सिलसिलामा पोखरा महानगरपालिका–१० स्थित बी भाञ्जा सप्लायर्समा मापदण्डविपरीत सञ्चालन भएको भन्दै सिलबन्दी गरिएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।

उक्त सप्लार्यसमा अत्यधिक दुर्गन्ध, दर्ता नभएको, सार्वजनिकस्थलमा फोहर गरिएको, वडाको निर्देशन बेवास्ता गरेको भन्दै कानूनी कारवाहीका लागि सिलबन्दी गरिएको नेपालीको भनाइ छ । उनले भने, “हामीले मापदण्डका बारेमा जानकारी गराएका छौँ । त्यो निर्देशनअनुसार सञ्चालनका लागि अनुमति दिन्छौँ । अब मापदण्डविपरीत सञ्चालन गर्ने कुनै पनि पसललाई स्थानीय कानूनअनुसार कारवाही गरिनेछ ।”

Batas

उपभोक्ताहित विपरीत गैरकानूनीरूपबाट सञ्चालित व्यवसायलाई निरुत्साहन गर्न निरन्तर अनुगमन गर्नुपर्ने उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले बताए । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने मासु व्यवसायीको गैरजिम्मेवार कार्य अनुगमन गरेर कानूनी प्रक्रियामार्फत समाधान खोजिने महानगरका सूचना अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए ।

अनुगमनमा महानगरका प्रवक्ता नेपाली, जिल्ला प्रशासन कार्यालय कास्की, नाप तौल तथा गुणस्तर कार्यालय र पशु विकास महाशाखाका प्रतिनिधिको सहभागिता थियो । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.