www.tandavnews.com
Fact ~ In search of truth

मार्गदर्शन एकेडेमीमा जुवाको खाल, ९ जुवाडे प्रहरी फन्दामा

पोखरा
ताण्डव न्यूज ।

पोखराका २ छुट्टाछुट्टै स्थानमा जुवा खेलिरहेका १४ जना जुवाडे पक्राउ परेका छन् ।

नयाँबजार स्थित पुर्णबहादुर श्रेष्ठले सञ्चालन गरेको मार्गदर्शन एकेडेमी र महानगरपालिका १७ काउसेघारी स्थित दिपेन्द्र पौडेलको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Batas

मार्गदर्शनबाट पक्राउ पर्नेमा ५८ वर्षीय पुर्ण श्रेष्ठ,अमरसिंहका ५८ वर्षीय मिन बहादुर बराल ,सोही स्थानका ६० वर्षीय भरतकाजी ढुङ्गाना, नयाँबजारका ४५ वर्षीय सोवित के.सी, महेन्द्रपुल बस्ने ५४ वर्षीय लेखनाथ बास्तोला,नयाँबजारका ५५ वर्षीय राजु श्रेष्ठ,बिरौटा बस्ने ४२ वर्षीय केशव थापा तनहुँ जिल्ला घर भई हाल पोखरा १२ बस्ने ४७ वर्षीया जस गुरुङ र लमजुङ जिल्ला घर भई पोखरा १२ मा बस्ने ५१ वर्षका राम बहादुर गुरुङ रहेका छन् ।

पक्राउ परेका ९ जुवाडेको साथ बाट ४ बुक तास सहित २ लाख ३९ हजार ६ सय १० रुपैँया बरामद गरिएको प्रहरीले बताएको छ ।

यस्तै काउसेघारी स्थित दिपेन्द्रको घरबाट घरधनी ४० वर्षीया दिपेन्द्र स्वयंम स्याङजा जिल्ला घर भई हाल बिरौटा बस्ने ३७ वर्षीया कृष्ण अर्याल ,स्याङजाका जिल्ला घर भई हाज बिरौटा बस्ने ३५ वार्षिय प्रकाश रेग्मी ,स्याङजाकै हाल बगर बस्ने ३३ वर्षीया राजु रेग्मी र कास्की रुपागाउपालिका १ बस्ने ३७ वर्षीया अम्मर के.सी रहेका छन् ।

दिपेन्द्रको घरबाट ३ बुक ताससहित १ लाख ९२ हजार ७ सय ८० रुपैँया रकम बरामद भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.